आज हरिबोधिनी एकादशी, त्रिखण्डि मन्दिरमा मेला

मकवानपुर । आज हरिबोधिनी एकादशीको दिन मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ भैंसेमा रहेको त्रिखण्डि मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो देखिएको छ । कात्तिक शुल्क एकादशीको दिनमा भगवान विष्णुको प्रतिकको रुपमा तुलसीको विवाह तथा विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वमा हरेक बर्षझैँ यस बर्षपनि त्रिखण्डि मन्दिर परिसरमा ठूलो जात्रा लागेको छ ।
त्रिभुवन राजपथ सडकखण्डमा पर्ने त्रिखण्डि मन्दिमा पुजा गर्न र रमाउन मकवानपुर लगाएत छिमेकी जिल्ला चितवन, बारा, पर्साका मानिसहरुपनि पुजाआजाको लागि आएका छन् । यसैगरी, आज मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकाको दामनस्थित ऋषेश्वर मन्दिर, मकवानपुर गढीमा रहेको मन्दिरमासमेत मेला लागेको छ ।
सबै मन्दिरहरुमा भक्तजनहरुको सुरक्षालाई मध्येनगर गर्दै बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्रिखण्डि मन्दिर परिसरमा भने ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेकोले ५८ जना सुरक्षाकर्मी खटाइएको प्रहरीले जनाएको छ त्रिखण्डि मन्दिर परिसरमा भने ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेकोले ५८ जना सुरक्षाकर्मी खटाइएको प्रहरीले जनाएको छ ।
आजको दिन तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिंगो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ । आजको दिन अन्न खान नहुने मान्यता रहेकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पाप नाश भइ पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।