प्रदेश अधिवेशन गर्न काँग्रेसले तोक्यो कमाण्डर, बागमतीमा प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन सम्पन्न गर्नको लागि साथै प्रदेशमा संयोजक तोकेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा संयोजक तोकेको हो ।
निर्णयअनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटोला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १६ गते हुँदैछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ । जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ ।