तामाङ कलाकार संघको साधारणसभा सम्पन्न

मकवानपुर । मकवानपर तामाङ कलाकार संघको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–४ स्थित हेटौंडा पार्टी प्यालेसमा संघको साधारणसभा सम्पन्न भएको हो। तामाङ कलाकार संघ मकवानपुर अध्यक्ष धिरेन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेश अध्यक्ष लीलाकुमार घलान, तामाङ घेदुङ संघ मकवानपुर अध्यक्ष कालु लामा, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तान, तामाङ कलाकार प्रकाश तितडलगायत कलाकारहरुको पनि उपस्थिति थियो।