जनहित स्वावलम्बनको एक करोड २४ लाख निक्षेप

तु खबर संवाददाता
२०७८ कार्तिक २७, शनिबार ०८:१९

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वार्षिक साधारणसभा शुक्रबार भएको छ । सहकारी संस्थाका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षतामा भएको सभामा वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरेको प्रमुख अतिथ्यता रहेको थियो ।

सहकारीले एक करोड २४ लाख ४३ हजार २२९ बचत निक्षेप जम्मा गरी एक करोड ३२ लाख ९७ हजार ५८५ आफ्ना शेयर सदस्यलाई कर्जा लगानी गरेको छ । ४३३ जना शेयर सदस्य रहेको सहकारीमा १० लाख ३७ हजार ९ सय शेयर पुजीँ रहेको छ । साधारण सभामा सहकारीले जेष्ठ शेयर सदस्य भोजराज दाहाल, असल ऋणीतर्फ शुभद्रा दमाई र भीम बहादुर दोङ, उत्कृष्ठ बचतकर्ता असिम घलान, देवेन्द्र दुलाललाई पुरस्कृत गरिएको थियो । त्यस्तै, उत्कृष्ट शेयर खरिदकर्ता पुण्यप्रसाद दाहाल र विजुलीमाया थिङ पुरस्कृत गरिएको थियो ।

सहकारीले समूहलाई नगद सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जनज्योती आयआर्जन समूह प्रथम, अन्नपूर्ण आयआर्जन समूह द्धितिय, गुँरास आयआर्जन समूह तृतीय र हिमचुली आयआर्जन समूह सान्त्वना भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक सुलोचना स्याङ्तानको विशेष अतिथ्यतामा भएको सभामा संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, पूर्व अध्यक्ष थलनाथ घिमिरे, महिला कल्याण साकोसका पार्वती फुँयाल, स्वरोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, संस्थाका लेखा समिति संयोजक चण्डिका पौडेल, आधारभूत शिक्षा प्रावि प्रअ प्रह्लाद घिमिरे लगायतको अतिथ्यता रहेको थियो ।