एमाले जिल्ला सदस्यसहित १३० जना कांग्रेसमा प्रवेश

मकवानपुुर । मकवानपुरगढी गाउँपालिकाका १३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरगढी गाउँपालिकाका दुई छुट्टाछुट्टै भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी १३० जना कांग्रेसमा प्रवेश गरेका हुन् । शुक्रबार मकवानपुरगढी–६ अदालतडाँडामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य श्यामप्रसाद ढंगाना, समाजसेवी रमेश धितालसहित एमाले र माओवादीबाट ९६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
यस्तै, शुक्रबार नै मकवानपुरगढी–३ देवीडाँडामा भएको कार्यक्रममा एमाले, राप्रपा र माओवादीबाट ३४ जना कांग्रेसमा प्रवेश गरेका हुन् । दुबै कार्यक्रम कांग्रेस संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँले प्रमुख आतिथ्यतामा भएको हो । नवप्रवेशीहरूलाई प्रमुख अतिथि बानियाँले पार्टीमा स्वागत गरेका थिए ।
मकवानपुरगढी–६ मा कांग्रेस वडा सभापति केदारनाथ चौलागाईंको सभाध्यक्षता भएको कार्यक्रममा संघीय सभापति यतिराज सापकोटा, हेटौंडा नगरका निवर्तमान सभापति आनन्दराम पराजुली, वडा अध्यक्षका प्रत्यासी कृष्णप्रसाद बजगाई, उपसभापति सुशिला फुयाँल लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, मकवानपुरगढी–३ मा कांग्रेस वडा सभापति बिजय लामा थोकरको सभाध्यक्षता भएको कार्यक्रममा संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजबिर मोक्तान, रुक्मणी ढुंगाना, कमल फुयाँल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।