आज मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सफा रहने जनाएको छ । महाशाखाले आज नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको हो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै, महाशाखाले आज दिउँसो र रातिको मौसम पनि सफा रहने जानकारी दिएको छ । पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनुका साथै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, शुक्रबार दिउँसो र राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ ।