राप्रपाको जिल्ला सदस्यसहित १४ जना कांग्रेसमा प्रवेश

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमामा प्रवेश गरेका छन् । मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिका निवासी १४ जना कांग्रेस प्रवेश गरेका हुन् । राप्रपाका जिल्ला सदस्य इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ का हरिकृष्ण सापकोटासहित मकवानपुरगढी–७ का मदन लामा, धावा लामा, ज्ञानबहादुर रुम्बा र मकवानपुरगढी–२ का १० जना कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका थिए । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, सांसद देवीप्रसाद तिमल्सिना, मकवानपुरगढी–७ का अध्यक्ष सूर्यबहादुर रुम्बा, मकवानपुरगढी–२ का वडा सदस्य रामप्रसाद पुडासैनी, संघीय सभापति यतिराज सापकोटा, मकवानपुरगढी गाउँपालिका सभापति राजबिर मोक्तान, निवर्तमान हेटौंडा नगरसभापति आनन्दराम पराजुली लगायतको उपस्थिति रहेको थियो ।