हेटौंडामा दुर्घटना अपडेटः हेर्नुहोस् घाइतेहरुको नामावली

तु खबर संवाददाता
२०७८ कार्तिक २४, बुधबार ०७:५५

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिकाको नवलपुरस्थित सडकखण्डमा आज गएराति १२ः३० बजे यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा २ जना पुरुषको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ जाँज आइरहेको ना ७ ख ८७६ नम्वरको रात्री बस र विपरित दिशाबाट आइरहेको प्रदेश नम्वर २– ०३०१ ख ५०३५ नम्वरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु भएका दुई जना पुरुषको सनाखत भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । दुर्घटनामा परी घाइते भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । प्रवक्ता रिमालका अनुसार बसमा सवार अन्य १८ जना यात्रुमध्ये १५ जनाको चुरेहिल अस्पतालमा र ३ जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । ट्रकको चालकको पहिचान भइसकेको र उनी घाइते अवस्थामा रहेकोले उपचार भइरहेको समेत प्रवक्ता रिमालले बताए ।

हेर्नुहोस् घाइतेहरुको नामावली

१.मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे बस्ने बर्ष ५९ को सुर्य बहादुर सुनार ढाडमा चोट लागेको ।
२. धनुषा सहिदनगर नगरपालिका वडा नम्वर २ बस्ने बर्ष २६ को प्रवल कुमार यादव दुबै खुट्टा र टाउकोमा चोट लागेको ।
३. धनुषा धनुषा नगरपालिका वडा नम्वर ७ किसनपुर बस्ने बर्ष अन्दाजी २८ को सुरेश सदा निधार र दुबै खुट्टामा चोट लागेको
४.धनुषा धनैजी नगरपालिका वडा नम्वर १ औरही बस्ने बर्ष २१ को शम्भु कुमार महरा दुबै खुट्टा र ढाडमा चोट लागेको
५. धनुषा कमला नगरपालिका वडा नम्वर २ राधे बस्ने बर्ष अन्दाजी ३९ को रविन्द्र मण्डल ओठ खुट्टा र हातमा चोट लागेको ।
६. काभ्रे काभ्रे मण्डन देउपुर नगरपालिका ७ बस्ने बर्ष अन्दाजी २९ को हरिकुमार कुमार श्रेष्ठ दाहिने खुट्टा र हातमा चोट लागेको
७. धनुषा मिथिला नगरपालिका वडा नम्वर ९ बस्ने बर्ष अन्दाजी २३ को कवि गिरी दुबै खुट्टामा चोट लागेको ।
८.धनुषा नजक नन्दनी गाउँपालिका वडा नम्वर ४ खजुरी बस्ने बर्ष अन्दाजी ३८ को विपद दास दुबै खुट्टामा चोट लागेको ।
९. धनुषा नजक नन्दनी गाउँपालिका वडा नम्वर ३ बस्ने बर्ष २० को अल्ताब राईम मुखमा चोट लागेको ।
१०.धनुषा कमला नगरपालिका २ बस्ने बर्ष अन्दाजी ३७ को झगडु सहनी मुखमा चोट लागेको ।
११. धनुषा जनक नन्दनी गाउँपालिका ३ बस्ने बर्ष अन्दाजी ३७ को अवताबुल रहमान दाहिने खुट्टामा चोट लागेको ।
१२.धनुषा सहिदनगर नगरपालिका वडा नम्वर ५ बस्ने बर्ष ३२ को जितेन्द्र महरा हात खुट्टा र निधारमा चोट अवस्था चोट लागेको
१३. धनुषा कमला नगर नगरपालिका वडा नम्वर २ बस्ने बर्ष अन्दाजी ३६ को राम भरौजी मुखिया ।
१४. गाडीको सहचालक जिल्ला धनुषा जनक नन्दनी गाउँपालिका वडा नम्वर ६ बस्ने बर्ष अन्दाजी १९ को शुवम झा मुख र हातमा चोट लागेको ।
१५. ट्रकको सहचालक जिल्ला बारा निजगढ नगरपालिका वडा नम्वर ४ बस्ने बर्ष अन्दाजी २५ को बासुदेव गोले टाउको र खुट्टामट चोट लागेको ।
१६. ट्रक चालक जिल्ला बारा निजगढ नगरपालिका वडा नम्वर ४ पुरानोटोल बस्ने बर्ष अन्दाजी ३३ को टंक बहादुर बिक ।