हेटौंडामा बस र ट्रक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक २४, बुधबार ०७:३४

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिकाको नवलपुरस्थित सडकखण्डमा आज गएराति १२ः३० बजे यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा २ जना पुरुषको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ जाँज आइरहेको ना ७ ख ८७६ नम्वरको रात्री बस र विपरित दिशाबाट आइरहेको प्रदेश नम्वर २– ०३०१ ख ५०३५ नम्वरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु भएका दुई जना पुरुषको सनाखत भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । दुर्घटनामा परी घाइते भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । प्रवक्ता रिमालका अनुसार बसमा सवार अन्य १८ जना यात्रुमध्ये १५ जनाको चुरेहिल अस्पतालमा र ३ जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । ट्रकको चालकको पहिचान भइसकेको र उनी घाइते अवस्थामा रहेकोले उपचार भइरहेको समेत प्रवक्ता रिमालले बताए ।