कांग्रेस संसदीय दलका नेता बानियाँद्वारा तिहारको शुभकामना

तु खबर संवाददाता
२०७८ कार्तिक १९, शुक्रबार ०९:२१

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले तिहारको पावन अवसरमा स्वदेश, विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । तिहार पर्वको अवसरमा उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको र यसले आपसी भाइचारा, आत्मीयता बढाउने विश्वास व्यक्त गरे ।

बानियाँले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेकोसमेत उल्लेख गरे । तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ उनले तिहार पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

उज्यालोको पर्वका रुपमा तिहारमा बालिने हरेक दीपको प्रकाशले सम्पूर्ण नेपालीबीच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम राख्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भई समृद्ध नेपाल र समुन्नत प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिल्नेसमेत बानियाँले विश्वास व्यक्त गरे ।