निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा चियापान कार्यक्रम

तु खबर संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १७:२२

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज (मंगलबार) हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम संघका अध्यक्ष श्यामसुन्दर ढकालको अध्यक्षता तथा नेपाली कांग्रेस संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यतामा भएको हो ।

सो क्रममा मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्य समितिलाई सम्मान समेत गरिएको थियो । संघका अध्यक्ष कृष्णकुमार गुप्तासहितको टिमलाई सम्मान गरिएको थियो । चियापान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे, नेकपा एमाले मकवानपुर अध्यक्ष बद्री प्रसाद लम्साल, कांग्रेस जिल्ला सचिव बुद्ध लामा, निर्माण व्यवसायी संघका सल्लाहकार, पदाधिकारी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।