मकवानपुर उद्योग वाणिज्य संघको बस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी

तु खबर संवाददाता
२०७८ कार्तिक १०, बुधबार ०८:०९

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् । अधिकारीले १८ मत पाएर विजयी भएका थिए भने अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत पाएका थिए । निर्वाचनमा वस्तुगततर्फ जम्मा ३२ मत रहेकोमा ३१ मत खसेको थियो ।

२ मत बदर भएको छ । त्यस्तै वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन् । अधिकारीले १७, अर्यालले १५ मत मत प्राप्त गरेका छन् । सदस्य पदका उम्मेदवार अजिव भट्टराईले १२ मत र पुष्पराज पुडासैनीले १४ मत प्राप्तगरी पराजित भएका छन् । यता, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोद सिं रानाभाट विजयी भएका छन् । सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका हुन् ।

त्यस्तै एशोसिएटतर्फको उपाध्यक्षमा उज्ज्वल चौँलागाई विजयी भएका छन् । सदस्यहरुमा अंकिता सुमार्गीको ७१ मत, गणेशप्रसाद भेटुवालको ७७ मत, नवराज खतिवडाको ५४ मत , राजाराम कार्कीको ६५ मत, राजु थापाको २८ मत , रामशरण दुलालको ३१ मत, अशोक कुमार राउतको ३७ मत र दीपक उप्रेतीको ७३ मत प्राप्त गरेका छन् । जसमा सुमार्गी, भेटुवाल, कार्की र उप्रेती विजयी भएका हुन् ।