मकवानपुर उद्योग वाणिज्य संघको उद्योगतर्फको उपाध्यक्षमा रानाभाट विजयी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनबाट उद्योगतर्फको सदस्य पदमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । उनले अर्की उम्मेदवार प्रतिमा श्रेष्ठलाई ५१ मतले पराजित गर्दै विजयी भएका हुन् । रानाभाटले ३ सय ७० मत प्राप्त गर्दा श्रेष्ठले ३ सय १९ मत प्राप्त गरेकी थिइन् ।उद्योगतर्फको कूल ८९१ मतदातामध्ये ७ सय ५३ जनाले मात्रै निर्वाचन प्रक्रियामा सहभागिता जनाएका थिए । यसैगरी सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भएका छन् ।
उद्योगको सदस्य तर्फभने श्रीकृष्ण कर्माचार्यले ४ सय २३, दीपक शिवाकोटीले ३ सय ३९ , नरेन्द्र भण्डारीले ३ सय ६२, भुपेन्द्र प्रसाद अधिकारीले ३ सय ३२ ,रुपकराज दाहालले ४ सय ६७, सन्तोषकुमार अर्यालले ३ सय ५२ , हरिप्रसाद ढकालले २ सय २३ र ज्ञानेन्द्र बर्तौलाले २ सय ६९ मत प्राप्त गरेका छन् । जसमा दाहाल, कर्माचार्य, भण्डारी र अर्याल विजयी भएका छन् । यसैगरी उद्योग सदस्य महिला आरंक्षण तर्फ सितादेवी भेटुवाल ३ सय ७९ मत प्राप्त गरी विजयी भएकी छिन् । अर्का उम्मेदवार मेनका श्रेष्ठले ३ सय २८ मत प्राप्त गरेकी थिइन् । अध्यक्ष पदको लागि राजकुमार न्यौपाने र कृष्णकुमार गुप्ता अग्रवालबीच निर्वाचन भएको थियो । मतगणना जारी छ ।
