सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो

तु खबर संवाददाता
२०७८ कार्तिक १, सोमबार १४:२१

काठमाडौँ । सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ । दशैं बिदापछि सुन चाँदी बजार सोमबारबाट खुलेको हो । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि सोमबारबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । दशैं बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले महँगो हुँदा चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आजका लागि छापावल सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । गत असोज २५ गते छापावल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा खरीद बिक्री भएको थियो । यस्तै तेजावी सुनको कारोबार मूल्य ९० हजार ८०० रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १२२५ रुपैयाँ आज कारोबार भईरहेको छ । असोज २५ गते चाँदीको भाउ तोलामा ११८० रुपैयाँ थियो ।