मनहरी–२ मा नकाउट फुटबल प्रतियोगिता

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी नकाउट फुटबल प्रतियोगिताको आज दुई वटा खेल भएको छ । आइतबारदेखि सुरु भएको प्रतियोगितामो आज भएको पहिलो खेलमा टाँडी युवा क्लब ए विजयी भएको छ । तिनतल्ले युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै टाँडी युवा क्लब विजयी सुरुवात गरेको हो ।
यस्तै, आजै भएको दोस्रो खेलामा ट्याकी दमार युवा क्लब विजयी भएको छ । सिर्जनशील युवा क्लब बीलाई ३–२ गोल अन्तरले पराजित गर्दै ट्याकी दमार युवा क्लब विजयी भएको छ । सो प्रतियोगितामा मनहरी गाउँपालिका वडा नम्वर २ का विभिन्न १४ वटा सहभागिता रहेको छ । त्यस्तै, भोलि मंगलबार पनि दुई वटा खेल हुने भएको छ ।
पहिलो खेलमा झुल्यान युवा क्लब र गोगनघाँरी युवा क्लबबीच प्रतिस्प्रधा हुने भएको छ भने दोस्रो खेलमा सिर्जनशी युवा क्लब सी र ग्याबा डाँडा क्लबबीत प्रतिस्प्रधा हुनेछ । आगामी २९ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ७ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।