मोबाईल एशोसियसनद्वारा शुभकामना आदानप्रदानको आयोजना

तु खबर संवाददाता
२०७८ आश्विन १६, शनिबार १५:३५

मकवानपुर । मोबाईल एशोसियसन अफ नेपाल (म्यान) मकवानपुरले विजया दशमी, शुभ दीपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शनिबार एशोसियसन मकवानपुरका अध्यक्ष दिनेश थिङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कोरोना महामारीमा व्यवसायमा असर परेको भएतापनि चाडपर्वको पूर्व सन्ध्यामा मोबाईल व्यवसायीहरुको जमघट गराई शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको अध्यक्ष थिङले बताए । कार्यक्रममा म्यान मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, सल्लाहकार महेन्द्र राउत, निवर्तमान अध्यक्ष एसिस रिजाल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय कृष्णकुमार गुप्ता अग्रवाल, रामप्रसाद न्यौपाने, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।