आज नेप्से ७० अंकले घट्यो, ५ अर्ब ७४ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन पनि नेप्से परिसूचक घटेको छ । आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको हो । आज नेप्से परिसूचक ७० अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेको १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक प्रतिशतका आधारमा फाइनान्स समूह र रुपैयाँका आधारमा जीवन बीमा र निर्जीबन बीमा समूहको उच्च अंकले घटेको छ ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा भने कुमारी बैंक लिमिटेड रहेको छ । कम्पनीले आज लाभांश घोषणा गरेसँगै एकैदिन १८ करोड ८२ लाख २७ हजार २९६ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आज मैलुङ खोला र मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लाग्दा ५ वटा कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।



