कांग्रेस बागमती गाउँपालिकाको सभापतिमा तिमल्सिना निर्वाचित

मकवानपुर । नेपाली कांग्रेस बागमती गाउँपालिकाको सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट तिमल्सिना निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी दिल्ली प्रसाद घोरासाइनीलाई १४ मतले पराजित गरेका हुन् । सभापति तिमल्सिनाले कूल खसेको १५१ मत मध्ये ७५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी घोरासाइनीले ६१ मत प्राप्त गरेका थिए । १ मत भने बदर भएको र केही मतदाता निर्वाचन प्रक्रियामा सहभागि नभएको मतदान अधिकृत राजेश प्रसाद घिमिरेले तु खबरलाई जानकारी दिए ।
त्यसैगरी उपसभापतिमा जगतबहादुर लामा र मंगललाल वाइवा तथा सचिवमा सुदिप पाख्रिन र सिरित कुमार राई निर्वाचित भएको जनाइएको छ । सहसचिवमा भानु सोराली मगर र बीरबहादुर थोकर सर्वसम्मत चयन भएका हुन् । त्यस्तै कुल ५१ सदस्यीय गाउँ समितिका लागि आज भएको निर्वाचन कार्यक्रमबाट तिमल्सिनाको नेतृत्वमा ४५ सदस्य चयन भएका छन् । बाँकीलाई कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ ।