लमजुङमा थपिए एक वर्षमा ९ सय ७० उद्योग

तु खबर संवाददाता
२०७८ आश्विन ३, आईतवार १८:१०

लमजुङ । लमजुङमा एक वर्षमा ९ सय ७० घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष ०७७/७८ मा सो संख्यामा उद्योग दर्ता भएको न्यूज कारखानाले समाचार लेखेको छ । अघिल्लो बर्ष ३ सय १ नयाँ घरेलु उद्योग दर्ता भएका थिए । गत आवमा ३ सय ६९ उद्योग नवीकरण गरिएका छन् ।वाणिज्यतर्फ एक वर्षको अवधिमा ६ सय ४० नयाँ दर्ता भएका छन् ।

५ सय ५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ । आव ०७६/७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६ सय ६९ नयाँ घरेलु उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तोपलाल भुसालले बताए । उनका अनुसार जिल्लाका बेँसीशहर बजार, भोटेओडार, सोतीपसल, सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल बढिरहेका छन् । दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाई, कृषि फार्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैँची, बंगुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।