भोलिबाट हिमाली जिल्लाका १८ बर्षमाथिका नागरिकलाई खोप लगाइने

काठमाडौँ । भोलि सोमबारदेखि १० वटा हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन सुरु गरिने जनाइएको छ । त्यस्तै काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । बाँकी ५८ जिल्लामा भने भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइने छ ।
सरकारले मनाङ, मुस्ताङ र रुकुम पूर्व बाहेकका जिल्लामा असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी गरेको छ । मनाङ, मुस्ताङ र रुकुमपूर्व पूर्ण खोप जिल्लाका रुपमा घोषित भइसकेका छन् ।