बजेट विधेयक संसदमा पेश गर्ने तयारी
काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक आगामी भदौ २४ गते संसदमा पेश गर्ने तयारी थालेको छ ।
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो ।
विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, बजेट अध्यादेशमा उल्लेखित बजेटको आकारसमेत परिवर्तन गरिएको छ ।
गत भदौ १९ गते (गत शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते संसद बैठक बोलाउने निर्णय गरिसकेको छ ।
तयार गरिएको विधेयक संसदमा पेश गर्नुअघि सरकारले प्रतिपक्षी दल नेकपा (एमाले) का गतिविधि आंकलन गर्ने भएको छ । बुधबार बस्ने संसद बैठकमा सो दलको गतिविधि हेर्ने र बिहीबार संसदमा विधेयक दर्ता गराउने अर्थको तयारी छ ।
