नेप्से ५५ अंकले घट्दा १६ अर्ब माथिको कारोबार

तु खबर संवाददाता
२०७८ भाद्र ८, मंगलवार १५:४६

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५५ अंकले घटेको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३ हजार १२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ ।

आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज दुई समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज वित्त समूह र निर्जीबन बीमा समूहमा मात्र हरियाली छाएको छ ।

त्यस्तै, सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ७५ करोड ४३ लाख ३३ हजार ७२३ रुपैयाँको कारोबार भएको हो ।

आज गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने १७ वटा कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।