नेपाल आइडलका निर्णायक परिवर्तन

तु खबर संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १८:२९

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’ का निर्णायक परिवर्तन भएका छन् । नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।

नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् ।

यसअघि नेपाल आइडल सीजन–३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी थिए । उनीहरु अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।