आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार १६:२८
file-photo

काठमाडौं । आज साताको पहिलो दिन आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकको आज १ अर्ब ५ करोड ४६ लाख ७८ हजार ८१५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरीको ७९ करोड २५ लाख, अपि पावर कम्पनीको ७० करोड २७ लाख, रिडि हाइड्रोपावरको ५९ करोड ४७ लाख र अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ६० लाख भन्दा माथिको कारोबार भएको छ ।