आज नेप्से २४ अंकले घट्दा साढे २१ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार १५:५९

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ५७ अंकले घटेर ३ हजार १५४ दशमलव ३४ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार, पूँजी बजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको ३ करोड ५५ लाख ११ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज ३ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक उत्पादन तथा प्रशोधन समूहमा १६० दशमलव २३ अंकले बृद्धि भएको हो ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकको आज एकैदिन १ अर्ब ५ करोड ४६ लाख ७८ हजार ८१५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।