यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार १७:०५
file-photo

काठमाडौं । बिहिबार पूँजी बजारमा २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६२ करोड ७९ लाख ९७ हजार ८ सय रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै दोस्रोमा कामना सेवा विकास बैंकको ५९ करोड, तेस्रोमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४८ करोड, चौथोमा एचआइडिसिएलको ४४ करोड र पाँचौमा गरिमा विकास बैंकको ४१ करोड भन्दा माथिको कारोबार भएको छ ।