नेप्से परिसूचक १६ अंकले बढ्यो
काठमाडौं । आज बिहिबार नेप्से परिसूचक १६ अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बृद्धि भई ३ हजार १७८ दशमलव ९१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
नेपाल स्कट एक्सचेन्जका अनुसार, आज पूँजी बजारमा आज २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ ।
नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज सात समूहमा हरियाली छाएको छ । सर्वाधिक विकास बैंक समूहमा ३ हजार ४४ दशमलव ४१ अंकले बृद्धि भएको हो भने अन्य समूहमा ९ दशमलव १ अंकले घटेको छ ।
त्यस्तै सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६२ करोड ७९ लाख ९७ हजार ८ सय रुपैयाँको कारोबार भएको हो ।
साथै आज ७ कम्पनीको शेयरमा सर्किट लागेको छ ।



