आज नेप्से परिसूचक झिनो अंकले बढ्दा झण्डै १६ अर्बको कारोबार

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार १६:१४

काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढेर ३ हजार १६२ दशमलव ४१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल स्टकका अनुसार, पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ५ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक हाइड्रोपावर समूहमा १ हजार ४४ दशमलव ७९ अंकले बृद्धि भएको हो ।

आज पनि हाइड्रोपावरमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६८ करोड ३० लाख ७१ हजार ७०१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, आज ८ कम्पनीको शेयरमा सर्किट लागेको छ ।