नेप्से झिनो अंकले बढ्दा १४ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३ हजार १०९ दशमलव ६० विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८० रुपैयाँको कारोबार भएको छ।
नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ५ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक हाइड्रोपावर समूहमा ११९ दशमलव ५७ अंकले बृद्धि भएको हो भने सर्वाधिक उत्पादन तथा प्रशोधन समूहमा ५५ दशमलव ८२ अंकले घटेको हो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहको छ । कम्पनीको आज ६७ करोड ४८ लाख ५५ हजार ८६० रुपैयाँको कारोबार भएको हो । त्यस्तै आज ८ वटा कम्पनीको शेयरमा सर्किट लागेको छ ।



