नेपाल बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सूचारु गर्ने

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १६:४३
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू गर्ने भएको छ ।

बैंकले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।

बैंकले “विकास ऋणपत्र २०७९ ’घ’“ को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने सूचना मार्फत जानकारी दिएको हो ।

भोलि बिहान १०ः३० बजेदेखि ११ः३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहने राष्ट्र बैंकले जनाएको छ।