यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार १६:३५
file-photo

काठमाडौं । आज १४ अर्ब ३१ करोड १६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज अपर तामाकोशी, अपि पावर, अरुण भ्याली हाइड्रोपावर, फर्स्ट मायक्रोफाइनान्स र अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको ५६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४७ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, फर्स्ट मायक्रोफाइनान्स कम्पनीको २८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको २८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।