आज नेप्से परिसूचक १६ अंकले घट्यो

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार १५:५६

काठमाडौं । आज बिहिबार शेयर बजारमा नेप्से परिसूचक १६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १०७ दशमलव ९५ कायम भएको छ ।

बिहिवार कूल १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयरको मूल्य घटेपनि लगानीकर्ताहरु उत्साहित नै देखिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बिहिवार नेप्सेमा कूल २२५ वटा कम्पनीको दुई करोड ७६ लाख २१ हजार ८२८ कित्ता शेयर खरिद बिक्री भएको छ । साताको अन्तिम दिन विकास बैंक र बैंक समुह मात्रै हरियाली छाएका छन् ।

बैंक ०.०१ प्रतिशतले मात्रै बृद्धि भएको छ भने विकास बैंक २.२१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा हाईड्रोपावर २.१६ र लगानी १.४३ तथा उत्पादन १.३४ उपसमुह रहेका छन् ।