आज नेप्से परिसूचक १२ अंकले बढ्यो
काठमाडौं । आज साताको चौथो दिन बुधबार मंगलबारको तुलनामा नेप्से परिसूचक १२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज नेप्से परिसूचक १२ अंकले बढेर ३ हजार १२३ दशमलव १५ विन्दुमा कायम भएको छ ।
यसअघि अघिल्लो दिन ३ हजार १११ दशमलव ९ विन्दुमा पुगेको नेप्से आज १२ अंकले बढेर ३ हजार १२३ दशमलव १५ विन्दुमा कायम भएको छ ।
आज २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।
नेप्से समूहमा रहेका १३ परिसूचकमा रहेको ७ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक हाइड्रोपावर समूहमा १९४ दशमलव ७ अंकले बढेको हो ।



