मंगलबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको तेस्रोत दिन नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । मंगलबार नेप्से दोहोरो अंकले बढेर ३ हजार १११ दशमलव ०९ बिन्दुमा पुगेको हो ।
आज नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम गरेको हो । यसअघि गत साउन १३ गते बुधबार नेप्से ३ हजार ९४ दशमलव ९४ बिन्दुको रेकर्ड कायम रहेको थियो ।
मंगलबार पूँजी बजारमा बजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताहरु झुम्मिएका छन् । सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज ४६ करोड ८२ लाख १७ हजार ९० रुपैयाँको कारोबार भएको हो ।



