नेप्से परिसूचक ४ अङ्कले बढ्दा ११ अर्बको कारोबार

तु खबर संवाददाता
२०७८ श्रावण १८, सोमबार १८:२६

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४ दशमलव ०६ अङ्कले बढेरको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ४ दशमलव ०६ अंकल बढेर ३ हजार ८५ दशमलव ०७ विन्दुमा पुगेको छ । गत आइतबार १ दशमलव २५ अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्कले बढेको हो ।

साताको दोस्रो दिन २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६०६ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये ५ समूहबाहेकका सबै समूह आज राताम्य भएका छन् । लघुवित्त समूहमा आज सर्वाधिक १२४.९३ अंकले बृछि भएको हो ।

त्यस्तै, सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको आज ३७ करोड ७५ लाख ४७ हजार ६५० रुपैयाँको कारोबार भएको हो । त्यस्तै आज घलेम्दी हाइड्रो लिमिटेडको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।