युनियन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार १६:३८

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) आज नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । अब भोलिदेखि दोस्रो बजारमा कारोबार सुरू हुनेछ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । यसैगरी, कम्पनीले ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।