उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव चयन भएका छन् ।
पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।
बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।