मेगा बैंकद्वारा एकैदिन ६ वटा नयाँ शाखा विस्तार

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १७:१३

काठमाडौं । मेगा बैंक नेपालले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बागमती प्रदेशमा ३ वटा शाखासहित ६ वटा नयाँ शाखा एकैदिन विस्तार गरेको हो । बैंकले प्रदेश नम्बर १ मा १ वटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा १ वटा र सुदूरपश्चिम प्रदेशमा १ वटा गरी ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।

बैंकले प्रदेश नम्बर १ मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा नयाँ शाखा विस्तार गरेको छ ।

यस्तै, बागमती प्रदेशमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु संचालनमा आएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ ।