धितो बोर्डलाई अर्थ मन्त्रालयको तीन दिने अल्टिमेटम

तु खबर संवाददाता
२०७८ श्रावण १४, बिहीबार १७:४९
file-photo

काठमाडौं । अर्थमन्त्रालयले सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ ।

धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नता रहेको विभिन्न संचारमाध्यममा आएको समाचारप्रति अर्थ मन्त्रालयले धितो बोर्डलाई स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले बिहीबर एक सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले वास्तविकता के हो ? स्पष्टीकरणसहित तीन दिनभित्र मन्त्रालयमा पत्र पठाउन बोर्डलाई अल्टिमेटम दिएको छ ।

पछिल्लो समय बजारमा निकै चर्चामा रहेको बुक बिल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको नाम समेत जोडिएर आएपछि बजारमा हल्लीखल्ली मच्चिएको छ ।