आज नेप्से परिसूचक १५ अंकले घट्यो
काठमाडौं । आज बिहिबार नेप्से १५ अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३ हजार ७९ दशलव ८२ विन्दुमा कायम भएको छ ।
आज २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँको कारोबार भएको छ ।
नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज २ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूह र विकास बैंक समूहमा हरियाली छाएको हो ।



