आज नेप्से परिसूचक २९ अंकले बढ्दा १५ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन नेप्से परिसूचक २९ दशमलव २३ मंकले बढेको छ ।
आज मंगलबार नेप्से परिसूचक २९ दशमलव २३ अंकले बढेर ३०७९.६६ विन्दुमा कायम भएको छ ।
आज मंगलबार २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २५० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।
नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ४ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक उत्पादन तथा प्रशोधन समूहमा ३०५.१८ अंकले बृद्धि भएको छ ।
त्यस्तै, जीवन बीमा समूहमा २६०.०८ अंकले बृद्धि भएको छ भने आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको आज ४९ करोड १५ लाख ५० हजार ७५५ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै आज ११ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर सर्किट लेभलमा कारोबार भएको छ ।



