एनएमबी बैंकले गाडी किन्न ऋण दिने
काठमाडौँ । एनएमबी बैंकले गाडी किन्न ऋण दिने भएको छ । बैंकले ८.९ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण दिने भएको हो ।
बैंकले ५ बर्ष अवधिका लागि सोही प्रतिशत ब्याजदरमा ऋण दिने भएको हो ।
बैंकले आगामी दिनमा वित्तीय प्रणालीमा ब्याजदर बढे पनि यस योजनाअन्तर्गतको ब्याजदर नबढ्ने जनाएको छ ।
साथै बैंकले ल्याएको उक्त योजना अन्तर्गत कर्जा आवेदन दिएको २४ घण्टा भित्र स्वीकृत हुने समेत बैंकले जानकारी दिएको छ ।



