कृषि विकास बैंकको बैंकिङ सेवा आइतवारसम्म बन्द हुने
काठमाडौं । कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने भएको छ ।
आज दिउँसो २ः३० बजेदेखि लागू हुने गरी आइतवार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको छ ।
बैंकले हाल सञ्चालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले उक्त सेवा बन्द हुने भएको हो ।
यस अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, क्रेडिट कार्ड लगायत सबै सेवा बन्द हुने बैकले जनाएको छ ।



