आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्सेमा सूचीकृत मध्ये २ सय २२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५.७१ रुपैयाँमा खरिदबिक्रि भएको छ।
साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३००४ दशमलव ३१ बिन्दु कायम भएको छ ।
आज कृषि विकास बैंकको सर्वाधिक ४६ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यसैगरी, नेपाल बैंकको ३६ करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३६ करोड ४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३४ करोड ३४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँ कारोबार भएको छ ।
यस्तै, मञ्जुश्री फाइनान्सको २८ करोड १६ लाख रुपैयाँ, अरुण काबेली पावरको २२ करोड १० लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ४१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३१ लाख रुपैयाँ र सानिमा बैंकको १९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।




