आज घरघरमा तुलसी रोपिँदै

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार ०९:०६
file-photo

मकवानपुर । आज तुलसी रोप्ने दिन । घरअगाडि एउटा सानो सिंगारिएको तुलसीको मोठ सनातन धर्मावलम्बीहरुको पहिचान हो। तुलसी बास्तवमै एउटा बहुउपयोगी र ओखतीजन्य वनस्पति हो ।

हरेक वर्ष निर्जला एकादशीका दिन सनातन धर्मावलम्बीले तुलसी रोप्ने गर्दछन् । कतिपय बनस्पति यस्ता छन्, जो मानव जीवनका निम्ति अत्यन्त महत्वपूर्ण मानिन्छ । जस्तो कि तुलसी। परम्परादेखि नै तुलसीलाई सुरक्षित र संरक्षितढंगले रोप्न, हुर्काउन सिकाइएको छ । जस्तोसुकै रोगमा पनि बिना साइटइफेक्ट प्रभावकारी काम गर्ने औषधीय गुणको तुलसी कुन बेला रोप्ने, कसरी हुर्काउने भन्ने विधिको समेत सदियौंदेखि विकास भएको छ।

आयुर्वेदमा बहुउपयोगी बनस्पति हो यो । कतिसम्म भने, तुलसीले वायुमण्डलमा वहने दुषित हावालाई समेत शुद्धीकरण गर्छ । त्यसैले जोकोहीले घरआँगन, बार्दली, छतमा तुलसी रोप्नुपर्छ । घर अघिल्तिर तुलसीको मठ बनाएर पूजाआजा गर्ने परम्परा छ। यसले हामीलाई तुलसीको सम्पर्कमा पुयाउँछ र स्वास्थ्यलाभ मिल्छ । त्यहीअनुसार आज हरिशयनी एकादशी। अर्थात् तुलसी रोप्ने दिन । तुलसी पाँच प्रकारको हुन्छ । यद्यपि, चलनचल्तीमा भने दुई थरिका तुलसी छन्, श्याम तुलसी र श्वेत तुलसी । श्याम तुलसी गाढा हरियो र कालो रंगको हुन्छ । श्वेत तुलसी सेतो, हल्का हरियो रंगको हुन्छ। यी दुवैमा
औषधीय गुण भरपुर हुन्छ । कुनै पनि शारीरिक संक्रमण, रोगमा तुलसी पयोग गर्न सकिन्छ।

हाल धेरैजसो उच्च रक्तचापले ग्रस्त छन् । उनीहरुका निम्ति उपयोगी हनसक्छ तलसी। हरेक दिन तलसीको ताजा पात मिसाएको चिया पिउनुपर्छ, यसले प्राकृतिकरुपमा क्रमशः उच्चर क्तचाप नियन्त्रण गर्छ । तनाव हटाउँछ।

अक्सर बालबालिका बिमार पर्छन्, खासगरि वर्षायाममा। संक्रमित खानेकुरा, जंकफुडले गर्दा उनीहरुको पेट पनि खराब भइरहेको हुन्छ। यस्तो अवस्थामा बच्चालाई मनतातो पानीमा तलसीको पातको रस सेवन गराउनुपर्छ । यसले पेट स्वस्थ्य त हुन्छ नै, छाती दुख्ने, कफ जम्ने समस्या पनि हट्छ।
अस्वस्थ्यकर र अनियमित खानपानका कारण हाल धेरै जना पेटका रोगी छन् । उनीहरुका निम्ति उपयोगी हुन्छ तुलसी । तुलसीको । पात पकाएर विहान खाली पेटमा नियमितरुपमा पिउनुपर्छ, पेटको रोग ठीक हुन्छ। यसले अजीर्ण एवम् अपचको समस्या पनि हटाइदिन्छ । साथसाथै कलेजोमा पनि फाइदा पुग्छ ।

यदि वान्ता भएमा तुलसीको रसमा अलैंची वा सुकुमेलको धुलो मिसाएर दिनुपर्छ । तुलसीको रसमा दालचिनीको धुलो मिसाएर सेवन गर्दा पनि फाइदा हुन्छ।

वर्षायाममा घाउखटिरा आउनु सामन्य हो । यस्तो अवस्थामा तुलसीको पातको रसले प्रभावकारी काम गर्छ । तुलसीको पातको रस प्रभावित भागमा लगाउनुपर्छ । यससँगै तलसीको पात र बेसारलाई मिसाएर लगाउँदा अझ लाभ मिल्छ।

तुलसीको सेवनले यौनजन्य समस्याबाट समेत छुटकारा दिन्छ। शीघ्र स्खलन, स्वप्न दोष, नपुंसकता, लिंग शिथिलता आदिमा तुलसी उपयोगी हुन्छ । तुलसीको पात, डॉठको रस आदिमा मह मिसाएर सेवन गर्दा फाइदा मिल्छ । मुखको दुर्गन्ध हटाउनमा पनि तुलसी उपयोगी हुन्छ । यसमा निम्ति नियमितरुपमा तुलसीको पात चपाउनुपर्छ । हेटौँडा सन्देश दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*