ग्लोबल बैंकले ल्यायो आकर्षक ब्याजदरमा विशेष आवास कर्जा योजना

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार १०:१५

काठमाडौं । ग्लोबल आइएमई बैंकले ७ दशमलव ९९ प्रतिशतमा आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले आवास कर्जा योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट पाउनेछन् ।

बैंकले, कोरोना भाईरसको कारण त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।

ग्राहकहरुले नेपालभरी ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*