यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुनेमा १० कम्पनी परेको छ ।
आज सर्वाधिक कारोबार भएको कम्पनीमा नेपाल बंगलादेश बैंक लिमिटेड रहेको छ । कम्पनीको आज ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो ।
त्यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र तेस्रोमा एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ । आज क्रमशः नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड रुपैयाँ र एनआईसी एसिया बैंकको १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
यसैगरी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १९ करोड, नबिल बैंकको १८ करोड, मञ्जुश्री फाइनान्सको १२ करोड, निफ्राको १२ करोड, रिलायन्स फाइनान्स कम्पनीको १२ करोड हिमालयन डिस्टीलरीको ११ करोड र ज्योति विकास बैंकको १० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।



