सन्ध्या तिवारीको नेकपा एमाले जजपा भयो

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार १७:४३

काठमाडौं । निर्वाचन आयोगमा सन्ध्या तिवारीका नाममा दर्ता भएको पुनर्गठित नेकपा एमालेको नाम परिवर्तन भएको छ ।

सो पार्टीको नाम अब जनता जनवादी पार्टी (जजपा) रहने भएको छ ।

नेकपाभित्र विवाद चर्किरहेका बेला गत साल सन्ध्या तिवारीका नाममा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गरिएको नेकपाको अर्को खेमाले आरोप लगाउँदै आएको थियो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै एमाले ब्युँताइदिएपछि तिवारीको एमाले खारेज भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*