बुधबार नेप्से १६ अंकले घट्यो
काठमाडौं । आज नेप्से १६ अंकले घटेको छ । लगातार घटेको नेप्से बुधबार १६ दशमलव ९७ अंकले घटेर २ हजार ८ सयको विन्दुमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२२ कम्पनीका एक करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४६ हजार १८३ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ०७६ रुपैयाँको कारोबार भएको छ ।
गत मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १.५० अंकले घटेर ५२५.२४ विन्दुमा झरेको छ ।



