अब बैंकको किस्ता इसेवाबाट निःशुल्क तिर्न सकिने

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार १६:४९

काठमाडौं । अब इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट किस्ता निःशुल्क तिर्न सकिने भएको छ । उक्त सुविधा आजबाट असार मसान्तसम्म लागु हुनेछ ।

यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*